समाचार
भिमसेनथापा गाउँपालिकाको चौथो हिउदे गाउँसभा सम्पन्न बारे सार्बजानिक सूचना !
भिमसेनथापा गाउँपालिकाको परिचय
मिति २०७६/०१/२२ गते भिमसेनथापा गाउँपालिकाको चौथो हिउदे गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष श्री ईश्वर पाण्डे ज्युको सभापतित्वमा गाउँपालिका उपाध्यक्ष श्री बिनु वाग्ले ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण थापा गाउँ सभाका सदस्यहरु एवं गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा उद्घाटन सत्रको कार्यक्रम संचालन गरियो। उद्घाटन सभापति ज्युबाट गरियो। स्वागत मन्तब्य गाउँकार्यपालिका सदस्य वा सामाजिक विकास समितिका संयोजक नारायण प्रसाद भट्टराई बाट राखिएको थियो। कार्यक्रममा शुभकामना मन्तब्य उपाध्यक्ष बिनु वाग्ले तथा गाउँकार्यपालिका सदस्यहरु लिलानाथ लामिछाने , मदन प्रसाद शाक्य,र सरिता भट्ट लगायतले गर्नु भएको थियो।कार्यक्रमका सभापति ज्युबाट नागरिकको प्रतिनिधित्वलाई गरिमामय बनाउने र गाउँ सभाका सदस्यहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने धारणा राख्दै उत्घाटन सत्र समापन गरियो।
गाउँ सभाको बन्द सत्र विधिवत रुपमा ३:५० बजे सुरुवात भएको थियो। गाउँ सभाका सभा अध्यक्ष ज्युबाट एजेण्डाहरु प्रस्तुत गरियो।मुलरुपमा चालु आ.व. को बजेट तथा कार्यक्रम कार्यन्वयनको प्रगति समिक्षा गरियो। योजना कार्यान्वयनलाई प्रभाबकारी बनाउने बारे छलफल गरियो।गाउँपालिकाको संशोधित बजेट र बिनियोजन तथा बाँडफांड गर्न बाँकि रकमबाट विभिन्न आवश्यकताका योजनाहरुमा रकम बाँडफांड र कुल संशोधित बजेट पारित गरियो। गाउँकार्यपालिकाको विभिन्न मितिका विभिन्न शिर्षकहरुमा रकमान्तर भएको रु ७,८०७,१५० अनुमोदन गरिएको साथै आवश्यकता को आधारमा बाँडफांड गर्न बाँकि रकम रु ५०१९२४३८ लाइ विभिन्न प्राथमिकताका योजना तथा कार्यक्रममाहरुमा बाँडफांड समेत गरियो। सम्पन्न योजनाको फरफारक कार्यलाई तिब्रता दिने र आ ब २०७६/७७ को बजेट निर्माण कार्यलाई सरोकारवालाहरुसंग छलफल एबम अन्तरक्रिया गरि विश्लेशणको आधारमा आगामी आ.व. को बजेट तर्जुमा गर्ने लगायतका निर्णय सहित बन्द सत्र को समापन सभाअध्यक्षज्युबाट गरियो।
आर्थिक वर्ष:
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53
-
भिमसेनथापा गाउँपालिकाको औद्धोगीक व्यवसाय ऐन २०७७
मिति: 09/27/2020 - 12:49
-
भिमसेनथापा गाउँपालिकाको आर्थिक सहायता कोष संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७
मिति: 09/27/2020 - 12:42